होलीको दिन के गर्दैछन् नेताहरू ?

काठमाडौँ । फागु पूर्णिमाको अवसरमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर, भक्तपुरको दरबार स्क्वायरमा जम्मा भएर स्वदेशी तथा विदेशीहरूले भव्य रूपमा फागु पर्व मनाइरहेका छन् ।
काठमाडौँ उपत्यकाबाहेक नेपालको पहाडी क्षेत्रमा एक आपसमा रङ लगाएर यो पर्व मनाउने गर्छन् । तराई मधेस क्षेत्रमा शुक्रवार (भोलि) मनाउने तयारीमा छन् । फागु पर्व तथा होलीको अवसरमा सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, विद्यालय सङ्घ–संस्थाहरू सुनसान देखिएका छन् ।
सहर बजारका चोक चोक तथा गल्ली गल्लीमा युवायुवती, बालबच्चा तथा जेष्ठ नागरिकहरूले रमाइलो गरी पर्व मनाइरहँदा राजनीति गतिविधि ठप्प रहेको छ । प्रधानमन्त्री केपी ओलीको आज फागु विशेष कुनै कार्यक्रम नभएको सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूको होली विशेष केही कार्यक्रम छैन । सार्वजनिक बिदा भएकाले सार्वजनिक कार्यक्रम पनि बनेको छैन । सायद दिनभर आज प्रधानमन्त्री निवासमै बस्नुहुन्छ होला’, उनले भने । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फागु विशेष कुनै कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘उहाँको आज कुनै सार्वजनिक कार्यक्रम छैन । निवासमा पनि होलीको कार्यक्रम राखिएको छैन । सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग होली मनाउने कार्यक्रम अहिलेसम्म तय भएको छैन’, देउवाले भने ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भाग लिन बुधवार बुटवल पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडान प्रभावित भएपछि भर्खर काठमाडौँ आइपुगेका छन् । प्रचण्ड पार्टी उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ पुण्य तिथिमा सहभागी भएर निवासमा बस्ने स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
‘प्रचण्डको फागु विशेष कुनै कार्यक्रम छैन । उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ दिनको कार्यक्रममा सहभागी भएर निवासमै बस्नुहुन्छ’, उनले भने । यस्तै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालको पनि फागु विशेष कुनै कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । आज दिनभरि निवासमै बस्ने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन