चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ

काठमाडौँ । चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।
खासगरी यो महिनामा बचत खाताको ब्याजदर अधिकांश बैंकको स्थिर रहेको छ । एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाउनु र ०.०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ । यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३.१० प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ । ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले ०.१० प्रतिशत विन्दु, एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत विन्दुले व्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीनवटाले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
कुन बैंकको ब्याजदर कति ?
- कृषि विकास बैंक
कृषि विकास बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । गत महिना यी सबै खाताको ब्याजदर समान थिए ।
- सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बचत र व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नहुँदा यो महिना संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.६५ प्रतिशत विन्दुले घटेको छ ।
- एभरेस्ट बैंक
एभरेष्ट बैंकले बचत खातामा ३.०५ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हो ।
- ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५ प्रतिशत ब्याजदर तोकेको छ । सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।
- हिमालयन बैंक
हिमालयन बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.२५ प्रतिशत विन्दु बढी र ०.२५ प्रतिशत विन्दुले कम हो ।
- कुमारी बैंक
कुमारी बैंकले बचत खातामा ३.०१ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.४१ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.१० र ०.२६ प्रतिशत विन्दु बढी हो ।
- लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको देखिन्छ ।
- माछापुच्छ्रे बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको देखिन्छ ।
- नबिल बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशतले बढाएको छ ।
- नेपाल बैंक
नेपाल बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.२० प्रतिशत विन्दुले घटाएको छ ।
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.१५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।
- नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचत खातामा ३.०२ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.५१ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।
- एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले बचत खातामा ३.१० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा समान ०.२५ प्रतिशत विन्दु बढी हुन् ।
- एनएमबि बैंक
एनएमबि बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा समान ०.२५ प्रतिशत विन्दु बढी हुन् ।
- प्रभु बैंक
प्रभु बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.१० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.१० प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हो ।
- प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ६.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ४.०० प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।
- राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।
- सानिमा बैंक
सानिमा बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.३० प्रतिशत विन्दुले घटाएको छ ।
- सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मुद्दती खाताको ब्याजदर समान राख्दा बचत खाताको ब्याजदर ०.०१ प्रतिशत विन्दुले घटाएको छ ।
- स्ट्यान्डर्ड चार्टर्ड बैंक
सिद्धार्थ बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन