उपत्यकाको होली सुरक्षा
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
बिहीबार, २९ फागुन २०८१, १२ : १३

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले रङको पर्व होली लक्षित सुरक्षा योजना लागु गरेको छ । सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरीले चालकले लागु औषध सेवन गरेर सवारी साधन चलाएको वा नचलाएको बारे परीक्षण गरिरहेका छ ।
लागूपदार्थ परीक्षण गर्न इन्स्पेक्टरको नेतृत्वमा आवश्यक किट र प्राविधिक टोली समेत परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने– ‘इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन गरिएको छ, हालसम्म लागूपदार्थ खाएर सवारी चलाएको भेटिएको छैन ।’
ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
-
हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार
-
अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति
-
काठमाडौँमा शिक्षकहरूको प्रदर्शन जारी