ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
_tTsrlEpP4x.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रका बासिन्दाले बिहीबार रङ्गको पर्व होली मनाइरहेका छन् । होलीको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ ।
नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ ।
नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।’
होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए ।
ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी
-
बैङ्किङ क्षेत्रका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा
-
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत