संघीय संसद सचिवालय चालकले १२ वर्षदेखि गाडी चलाएनन्, बल्ल कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौँ । संघीय संसद सचिवालयका हलुका सवारी चालक हुन्, शरणकुमार गुरुङ । पाचौँ तहका कर्मचारी उनले विगत बाह्र वर्षभन्दा बढी समयदेखि सवारी चलाउन इन्कार गरेको खुलासा भएको छ ।
तर, संघीय संसद सचिवालयले हाल आएर उनलाई सार्वजनिक सूचनामार्फत ७ दिने स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको छ । सचिवालयले फागुन २८ गते सोधेको स्पष्टीकरणसहितको सार्वजनिक सूचनामा उनी पछिल्लो पटक गत मंसिर १३ गतेदेखि हालसम्म कार्यालयमा उपस्थित नभएको र अनुशासन समेत पालना नगरेको उल्लेख छ ।
‘.... विगत बाह्र वर्षभन्दा बढी समयदेखि सवारी चलाउन इन्कार गर्नुभएको देखिएको, विगत वर्षहरूमा पटक पटक गयल कट्टीमा पर्नुभएको, चेतावनी पाउनु भएको, कार्यालयमा उपस्थित भएको अवस्थामा पनि आफ्नो कार्य सम्पादन नगरी जिम्मेवारीको बराबर बेवास्ता गर्नुभएको, पछिल्लो समय २०८१ साल मंसिर १३ गतेदेखि हालसम्म कार्यालयमा कुनै जानकारी नदिई बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहनु भई कर्मचारीले पालना गर्नुपर्ने आचरण (समय पालना र नियमितता, अनुशासन र आज्ञापालन लगायतका अन्य आचरण) बराबर उल्लङ्घन गर्नु भएकोले यस सम्बन्धी स्पष्टीकरण पत्र तपाईंलाई बुझाउन पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेको हुँदा सो पत्र तपाईंले यस सचिवालयमा उपलब्ध गराउनुभएको स्थायी ठेगानामा पठाउँदा पत्र फिर्ता भई आएकोले यस सम्बन्धमा केकसो भएको हो ? यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
उक्त समयभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन