बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

होलीको अवसर पारेर ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ रिलिज

बिहीबार, २९ फागुन २०८१, ११ : २८
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । होलीको अवसर पारेर आज बिहीबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ । 

नेपालमा नयाँ फिल्म शुक्रबार रिलिज गर्ने  परम्परा रहँदै आएको छ । तर, चाडपर्व र विशेष अवसरमा भने अन्य समय पनि रिलिज हुँदै आएका छन् । त्यही फाइदा यी दुई फिल्मले उठाएको हो । 

यद्यपि आजबाट रिलिज दुई फिल्मले मात्र देशभरको फिल्म हल पाएको छैन । किनभने अघिल्ला सातामा रिलिज भएका ‘होस्टल ३’, ‘लाज शरणम्’, ‘फेरि रेशम फिरिरि’लगायत फिल्मले अझै केही स्टेसन ओगटेर बसेका छन् । ‘आउट ल: २१९’ विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्म हो, भने ‘अञ्जिला’ मिलन चाम्सले निर्देशन गरेका हुन् ।

आउट ल: दफा २१९

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको ‘आउट ल: दफा २१९’ अभिनेता सुशील श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म हो । अमित अग्रहरी निर्माता रहेको फिल्ममा सुशीलका अलावा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

नविन गुरुङको डीओपी रहेको फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्म सुशीलका लागि बलियो कमब्या हुने अपेक्षा गरिएको छ । फिल्मलाई देशभर डीसीएनले वितरण गर्नेछ ।

‘अञ्जिला’:

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर फिल्म ‘अञ्जिला’ निर्माण भएको हो । उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा फिल्ममा छ । फिल्ममा एन्जिलाको अलावा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । फिल्म छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । खेलकुदमा लाग्नेलाई फिल्मले प्रेरित गर्नेमा निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप