फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
बिहीबार, २९ फागुन २०८१, १० : ४७

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको बताएका छन् ।
होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गर्दै सन्देशमा उनले पर्वको महत्त्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु भएको बताएका छन् ।
‘चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन् । नेपाल सभ्यता र संस्कृतिमा धनी छ । आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
-
जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन