होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
बिहीबार, २९ फागुन २०८१, ०९ : ०९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज जारी गरेको शुभकामना सन्देशमा उनले भनेका छन्, “आपसी भाइचारा र सद्भावको रूपमा मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।”
अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रूपमा मनाइने रङहरूको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)