‘परालको आगो’मा प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन् ।
मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मन्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा सङ्ग्रह ‘नासो’मा सङ्गृहीत छ ।
निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रूपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे,गौँथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए ।
फिल्ममा सुशील देवकोटाको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् ।
निर्माता पोखलेका अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । फिल्ममा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैझगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)