त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनुज कार्कीको उम्मेदवारी सदर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्षका उम्मेदवारी दिएका अनुज कार्कीको उम्मेदवारी सदर भएको छ। स्ववियु निर्वाचन समितिले यसअघि दीपक जोशीको सदर गर्दै कार्कीको उम्मेदवारी बदर गरेको थियो । त्यसपछि नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलासहितका नेता कार्यकर्ताले प्रिन्सिपल कार्यालयमा ताला लगाएका थिए।
फागुन २८ गते निर्वाचन समितिले जोशीसँगै कार्कीको समेत उम्मेदवारी सदर गरेको हो । दुई जना बाहेक अन्य ५ जनाले समेत नेविसंघबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेविसंघ केन्द्रीय कार्यालयबाट जोशी नै आधिकारिक उम्मेदवार भएको दाबी गरिएको छ। नेविसंघ प्रवक्ता सुरज सेजुवालले जोशी नै नेविसंघको आधिकारिक उम्मेदवार भएको दाबी गरे । तर, नेविसंघ त्रिवि समितिले भने कार्की आधिकारिक उम्मेदवार भएको जनाएको छ। त्रिवि सभापति बडैलाले पार्टीको स्ववियु केन्द्रीय निर्वाचन समितिको निर्देश अनुसार आफ्नो नेतृत्वमा संगठन दर्ता गरिएको र सोही अनुसार त्रिवि समितिबाट नै कार्कीको उम्मेदवारी दिइएको बताए ।
तर, स्ववियु निर्वाचन समितिले जोशीको आधिकारिक मानेर नाम सार्वजनिक गरेको थियो । त्यसको विरोधमा सभापति बडैलासहितका नेता कार्यकर्ताले निर्वाचन समितिको समेत कार्यालय रहेको त्रिवि प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको थियो।
बुधबार कार्कीको समेत नाम समावेश गरेर सार्वजनिक गरेको हो । सभापति बडैलाले निर्वाचन अधिकृतको राजीनामा माग गरेको बताए । निर्वाचन अधिकृतको राजीनामा नआउँदासम्म ताला नखोलिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)
-
मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?