सुदूरपश्चिम प्रदेश सरकारलाई प्रभावकारी बनाउने प्रयास, राजनीतिक नियुक्ति शीघ्र गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको सरकारी निवासमा बसेको बैठकमा प्रदेश सरकारको कार्यक्षमता वृद्धि, राजनीतिक नियुक्तिहरूको शीघ्र पूर्ति तथा आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल भएको जनाइएको छ ।
प्रदेश सरकारको सशक्तीकरणका लागि गठबन्धन दलहरूबिच समझदारी कायम गर्न बैठक आयोजना गरिएको जनाइएको छ। प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन र राजनीतिक नियुक्तिहरू यथाशीघ्र टुङ्ग्याउन बैठकमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दियो।
हाल सुदूरपश्चिम प्रदेशका विभिन्न निकायमा नेतृत्व रिक्त छ। प्रादेशिक अस्पतालहरूको अध्यक्ष पद, खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड तथा प्रज्ञा प्रतिष्ठान जस्ता महत्त्वपूर्ण संस्थाहरूमा शीघ्र राजनीतिक नियुक्ति गर्नुपर्ने आवश्यकताबारे बैठकमा गम्भीर छलफल भएको हो। सत्ता गठबन्धनबिच सहमति कायम गर्न गठबन्धनका प्रमुख नेताहरू मुख्यमन्त्री शाह र पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई जिम्मेवारी दिइएको छ।
बैठकमा नेपाली कांग्रेसतर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री शाह, प्रदेश उपसभापति लोकराज अवस्थी र प्रदेश प्रवक्ता सुरत रावत सहभागी थिए। एमालेका तर्फबाट केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मुख्यमन्त्री रावल तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी उपस्थित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)
-
मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?