बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बिहीबार, २९ फागुन २०८१, ०५ : ३१
बिहीबार, २९ फागुन २०८१

काठमाडौं । आफ्नै शहरको एटलेटिको मड्रिडलाई नाटकीय रुपमा हराउँदै रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । तनावपूर्ण डर्बीको जितसँगै रियालले १६ औं च्याम्पियन्स लिग ट्रफी जित्ने आशा जगाएको छ । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा एटलेटिकोले खेल सुरु हुनासाथ गोल गरे पनि पछि दुबै टोलीबाट निर्धारित र अतिरिक्त समयमा गोल हुन सकेन, निर्णय टाइब्रेकरमा गयो । टाइब्रेकरमा एटलेटिको कमजोर सिद्ध भयो ।

एटलेटिकोका चारमध्ये दुईटा प्रहार गोलमा परिणत हुँदा रियाल मड्रिडका चार वटा पेनाल्टी प्रहार गोलमा परिणत भए । अन्ततः रियाल पेनाल्टी सुटआउटमा ४-२ ले अघि रहँदै क्वार्टरफाइनल पुुगेको हो । 

अब अन्तिम आठको भिडन्त इंग्लिश क्लब आर्सनलसँग हुने भएको छ । सन् २०१४ र २०१६ को फाइनलमा रियालले एटलेटिकोलाई हराएको थियो । त्यसबेला आफ्ना प्रतिस्पर्धीविरुद्ध पेनाल्टी सुटआउटमा शतप्रतिशत रेकर्ड बनाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप