बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा

बिहीबार, २९ फागुन २०८१, ०४ : २९
बिहीबार, २९ फागुन २०८१

काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को सहज जित निकालेको एस्टन भिल्ला समग्रमा ६-१ गोल अन्तरले अघि रहँदै क्वार्टरफाइनलमा पुगेको हो । 

पहिलो लेगमा एस्टनले बेल्जियमको क्लब ब्रुगलाई ३-१ गोल अन्तरले हराएको थियो । एस्टनको फराकिलो जितमा बुधबार मार्को असेन्सियोले दुई गोल गर्दा इयान मात्सेनले एक गोल गरे । क्लब ब्रुगका किरियानी सब्बे १७ मिनेट मै रातो कार्ड खाएर बाहिरिएपछि टोली तनावमा आयो र दोस्रो लेगमा गोलविहिन बन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप