बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

बिहीबार, २९ फागुन २०८१, ०३ : ५९
बिहीबार, २९ फागुन २०८१

मोरङ । ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । 

प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाख पाएको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र दीपेश घलेले ६३ मिनेटमा एक-एक गरेर टोलीलाई उपाधि दिलाए । 

थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीले ‘म्यान अफ प्लेयर’ वापत ११ हजार पाए । यो प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप