बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग

बिहीबार, २९ फागुन २०८१, ०३ : ३०
बिहीबार, २९ फागुन २०८१

काठमाडौं । फ्रान्सको लिलीलाई हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-१ को जित निकालेको डर्टमण्ड समग्रमा ३-२ ले अघि रहँदै क्वार्टरफाइनलमा पुगेको हो । 

घरेलु मैदानमा लिलीका जोनाथन डेभिडले ५ औं मिनेट मै गोल गरे पनि अग्रता जोगाउन सकेन । डर्टमण्डका एम्रे क्यान र म्याक्सिमिलियन बियरले एक-एक गोल गरे । 

यसअघि गएको हप्ता भएको पहिलो लेगको खेलमा दुबैले १-१ को बराबरी खेलेका थिए । अब डर्टमण्डको क्वार्टरफाइनल भिडन्त बार्सिलोनासँग हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप