सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म

बुधबार, २८ फागुन २०८१, २३ : ४७
बुधबार, २८ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले विद्यार्थी संगठनहरूलाई छोपेको छ । देशभर त्रिविका आंगिक, सामुदायिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनको गतिविधि उत्कर्षमा पुगेको छ ।

२. प्रतिस्थापन विधेयक  
सरकारले विभिन्न मितिमा ल्याएका ५ अध्यादेशलाई बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेको छ ।

३. संसद् बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको छ । सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका छन् । 

४. सम्पत्ति विवरण
प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेकजसो भाषणमा सुशासन र पारदर्शिताको चर्चा गर्दछन् । यद्यपि, उनको नेतृत्वमा सरकार गठन भएको ८ महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।

५. दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा  बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बुधबार २ जनालाई बढुवा सिफारिस गरेको हो ।

६. बैंकको नाफा
बैंकिङ क्षेत्रले पछिल्लो एक महिनामा मात्रै ९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले उक्त परिमाणमा नाफा कमाएका हुन् । 

७. मूल्य बढ्यो
सिमेन्टपछि ग्याबिन वायर (ढुङ्गा भरेर तट बन्धन गर्ने फलामे तार, जाली) र फलामे छडको मूल्य बढेको छ । यी निर्माण सामग्रीको कारणविना उद्योगीले कार्टेलिङ गरेर मूल्य वृद्धि गरेको निर्माण व्यवसायीहरूको आरोप छ ।

८. रासायनिक मल
नेपालमा रासायनिक मल आयातमा असहजता देखिएको छ । चीनले युरिया मल निर्यातमा कडाइ, रुस र युक्रेन युद्ध तथा भारत सरकारले जीटूजी प्रक्रिया लगाउने भएपछि मल आपूर्ति असहज हुने देखिएको हो ।

 ९. प्रदेशसभामा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनको अन्तरालमा तीन वटा प्रदेश सभा बैठकलाई सम्बोधन गरे । प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेश सभालाई सम्बोधन गरे । फागुन २५ गते सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गरेका उनले फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गरे ।

११. राजाको चर्चा
आइताबार राजावादीले निकालेको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको विषयमा सत्तारुढ दल नेकपा एमालेले भारतमाथि आशंका गरेको छ । फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने क्रममा उनको स्वागतमा लागेको भीडमा आदित्यनाथको फोटो प्रयोग भएको थियो ।

१०. खेलकुद

१२. अमेरिकाको नयाँ कीर्तिमान
नासा र स्पेसएक्सले सूर्यबाट डाटा सङ्कलन गर्न एउटै रकेटमा दुई वटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो-फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च (हेलियोस्फियरको एकीकरणको लागि ध्रुवीय मिटर) प्रशान्त समयको बिहान ८ः १० बजे स्प्याकसबर्गमा स्प्याकसेनबर्गबाट स्प्याकसेनबर्कबाट प्रक्षेपण गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप