१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड

आज २०८१ फागुन २८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले विद्यार्थी संगठनहरूलाई छोपेको छ । देशभर त्रिविका आंगिक, सामुदायिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनको गतिविधि उत्कर्षमा पुगेको छ ।
- प्रतिस्थापन विधेयक
सरकारले विभिन्न मितिमा ल्याएका ५ अध्यादेशलाई आज प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेको छ ।
- संसद् बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको छ । सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका छन् ।
- सम्पत्ति विवरण
प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेकजसो भाषणमा सुशासन र पारदर्शिताको चर्चा गर्दछन् । यद्यपि, उनको नेतृत्वमा सरकार गठन भएको ८ महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।
- बैंकको नाफा
बैंकिङ क्षेत्रले पछिल्लो एक महिनामा मात्रै ९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले उक्त परिमाणमा नाफा कमाएका हुन् ।
- मूल्य बढ्यो
सिमेन्टपछि ग्याबिन वायर (ढुङ्गा भरेर तट बन्धन गर्ने फलामे तार, जाली) र फलामे छडको मूल्य बढेको छ । यी निर्माण सामग्रीको कारणविना उद्योगीले कार्टेलिङ गरेर मूल्य वृद्धि गरेको निर्माण व्यवसायीहरूको आरोप छ ।
- रासायनिक मल
नेपालमा रासायनिक मल आयातमा असहजता देखिएको छ । चीनले युरिया मल निर्यातमा कडाइ, रुस र युक्रेन युद्ध तथा भारत सरकारले जीटूजी प्रक्रिया लगाउने भएपछि मल आपूर्ति असहज हुने देखिएको हो ।
- प्रदेशसभामा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनको अन्तरालमा तीन वटा प्रदेश सभा बैठकलाई सम्बोधन गरे । प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेश सभालाई सम्बोधन गरे । फागुन २५ गते सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गरेका उनले फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गरे ।
- खेलकुद
- राजाको चर्चा
आइताबार राजावादीले निकालेको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको विषयमा सत्तारुढ दल नेकपा एमालेले भारतमाथि आशंका गरेको छ । फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने क्रममा उनको स्वागतमा लागेको भीडमा आदित्यनाथको फोटो प्रयोग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?