बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

नक्कली डीएसपी परे प्रहरीको फन्दामा

बुधबार, २८ फागुन २०८१, २० : ४०
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले आफू नेपाल प्रहरीको रिटायर्ड डीएसपी भएको, ईन्टरपोल सम्बन्धी काम गर्दै आएको तथा विभिन्न देशका उच्चपदस्थ मानिसहरूसँग निकट सम्बन्धसमेत रहेकोले भनेजस्तो देशमा पठाइदिने लगायतका आश्वासन दिई ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेका थिए । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा श्रेष्ठको संलग्नता खुल्न आएकोले उनलाई पक्राउ गरेको हो । 

काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई श्रेष्ठमाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप