बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

बुधबार, २८ फागुन २०८१, २० : १०
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो ।  

शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।

स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ । शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६.७३–इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ ।

लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ । यस डिभाइसले ८ के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ ।

शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ जसले गर्दा यस स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ ।

शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरुले रु. ९,९९९ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ ।

शाओमी १५ अल्ट्रा स्मार्टफोन फोटोग्राफी र प्रदर्शनमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ । ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ ।

१६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य रु. १,४९,९९९ (वास्तविक मूल्य रु. १,६९,९९९) रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप