प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय खेलकुद प्रवर्द्धनमा रुपन्देही सुनगाभा सैनामैना गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
बुधवार रुपन्देहीको सैनामैनामा आयोजित सुनगाभा सैनामैना गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतियोगिताले स्थानीय खेलाडी र जनताको उत्साहजनक सहभागिता दिलाएको उल्लेख गर्दै सैनामैनाको राष्ट्रिय पहिचान मजबुत बनाएको बताए।
आफू पनि खेलप्रेमी भएको बताउँदै उनले सैनामैनाको खेल मैदानलाई व्यवस्थित गरी खेलकुद हबका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले भने, ‘खेलकुद राष्ट्रनिर्माणको महत्त्वपूर्ण पाटो हो। यसले युवालाई अनुशासन, सहनशीलता र आत्मविश्वास प्रदान गर्छ ।’
उनले सैनामैना खेलकुदको राम्रो सम्भावना बोकेको क्षेत्र रहेको उल्लेख गर्दै यसलाई खेल हबका रूपमा विकास गर्न माओवादी केन्द्रले सरकारमा रहँदा पनि र बाहिर हुँदा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न दीर्घकालीन योजना आवश्यक रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणमा सरकारले लगानी गर्नुपर्ने धारणा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु