बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

तीन प्रदेशमा राति पानी पर्ने सम्भावना

बुधबार, २८ फागुन २०८१, १९ : १७
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । आज राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी भू–भागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको छ । ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन– चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

आज  राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप