बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने

बुधबार, २८ फागुन २०८१, १९ : ०८
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले र एकीकृत समाजवादीका विद्यार्थीबीच तालमेल हुने भएको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु र अनेरास्ववियूबिच तालमेल गर्ने सहमति भएको हो ।

अनेरास्ववियु केन्द्रीय सदस्य एवम् त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियू त्रिवि अध्यक्ष समिर गौतमबिच स्ववियु निर्वाचनमा संयुक्त ढंगबाट अगाडि बढ्ने सहमति गरेका हुन् ।

स्ववियुलाई प्रगतिशील तरिकाले सञ्चालन गर्दै अझ प्रभावकारी बनाउन सकिने ठहर गर्दै संयुक्त ढंगबाट अगाढि बढ्न सहमति गरिएको अनेरास्ववियु त्रिवि इन्चार्ज भण्डारीले बताए ।

दुवै संगठनले तालमेल सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै केन्द्रीय क्याम्पसमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति गरिएको उनको भनाइ छ ।

जसमा संयुक्त ढंगबाट निर्वाचनमा भाग लिने र विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीलाई विजयी गराउन समेत अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप