बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक

बुधबार, २८ फागुन २०८१, १९ : ०२
बुधबार, २८ फागुन २०८१

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायी वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको बताएका छन् । बुधवार काठमाडौँमा टानद्वारा आयोजित लोसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायी वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेको बताए ।

‘व्यवसायी वातावरण निर्माणका लागि सरकारले भरखर केही अध्यादेश जारी गरेका छौँ । अध्यादेश सङ्घीय संसदबाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही  विधेयक अगाडि बढाएका छौँ,’ उनले भने ।

निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईंको व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ । त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ,’ उनले भने ।

पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए ।  ‘तपाईंहरुले भिसाको कुरा गर्नुभएको छ । कतिपय क्षेत्रमा आवागमन अवरुद्धको कुरा उठाउनुभएको छ । यसको सहजता र सरलताका लागि हामी तयार छौँ । यी विषयमा छलफलका लागि सम्बन्धी मन्त्रालयमा आउनुहोस्,’ उनले भने ।  

पर्यटनको विकासका लागि टानले योगदान गरेको भन्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेको बताए । ‘हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ । नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ । भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धरोहर छन् । टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप