पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी

रुपन्देही । पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस, पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको भन्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका हुन् । उनीहरूको तालाबन्दीपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् ।
मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लंघन भएको जस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा गमा गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्न समेत माग गरेका छन् ।
तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई