राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिस्टहरूले विगतको निर्मम समीक्षा गर्ने हो भने सबैभन्दा बढी खोट आफैमा रहेको प्रतिक्रिया दिएका छन् । बुधबार रातोपाटीसँग पछिल्लो अवस्थाबारे कुराकानी गर्दै उनले कम्युनिस्टले जस्तो नीति, कार्यक्रम र व्यवहार लिएर हिँड्नुपर्ने हो त्यो नलिँदा कम्युनिस्टको जनमत घट्दै गएको बताए ।
‘सार र रूपमै भिन्न हुनु पर्ने कम्युनिस्टहरूले आफ्नो विगतको निर्मम समीक्षा गर्ने हो भने सबै भन्दा बढी खोट म यही देख्छु । हामीले जस्तो नीति ,कार्यक्रम र व्यवहार लिएर हिँड्नु पर्ने हो त्यो नलिँदा नै कम्युनिस्टको जनमत घट्न पुगेको छ । जब जब देश कम्युनिस्ट कमजोर बन्न थाले तब तब पुरातनवादीहरूले टाउको दरो गरि उठाएको यथार्थ हामीसँगै छ’, उनले भने ।
अहिले आफ्नो पार्टीको काँधमा सही बाटो ,कान्तिकारी गति र व्यवहारका साथ राष्ट्रिय राजनीतिमा प्रस्तुत हुने र वामपन्थीहरूलाई दिशाबोध गराउने जिम्मेवारी आइपुगेको खतिवडाले दाबी गरे । तर आफ्नो पार्टी बलियो नभए कुनै जिम्मेवारी पुरा गर्ने सामाजिक तथा राजनीतिक स्वीकार्यता प्राप्त गर्न नसकिने भएकाले दुनियाँले बुझ्ने र हरेक नेपालीले महसुस गर्ने गरी पार्टीले सही विचार र कार्यक्रम लिएर जानुपर्ने बताए । नत्र सानो शक्ति सहयोगी मात्र हुन्छ, ठुलो राजनीतिक शक्तिले लाभ लिने उनको विश्लेषण छ ।
राजावादी शक्तिहरूले यति गर्ने हिम्मत कसरी गरे ? किन गरे ? कहिले देखि गरे ? त्यस्तो हुन नदिन हामीले चाहिँ के–के गर्यौ ? संवैधानिक राजतन्त्र कालमा र गणतन्त्रकालमा राजनीतिक दलहरू कस्ता कस्ता चरित्रमा देखिए ? भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए ।
राजावादीहरूले १०/२० हजारको जुलुस निकाल्दा केही उत्पात भयो र कोलाहल गर्नु पर्ने आवश्यक नरहेको खतिवडाको बनाइ छ ।
‘राजावादीहरूको १०/२० हजारको जुलुस पानीको फोका हो केही दिनमै फुटिहाल्छन्। आफ्नै बिचका अन्तर्विरोधहरूले गल्दै जान्छन्। पछाडि फर्कने सोचले नेपालमा कहिले विजय प्राप्त गर्न सक्दैन’, उनले भने ।
यद्यपि यो जुलुसले गणतन्त्रवादीहरूलाई १० पटक सोच्न बाध्य बनाएको खतिवडाले स्वीकारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण