यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएको छ । फागुन २७ गते तोकिएको मनोनयन दर्ताको अवधिमा ती क्याम्पसहरूमा अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
तर, निर्वाचन समितिले आधिकारिक घोषणा भनेको गरिसकेको छैन । उम्मेदवारको अन्तिम नामावली निकालेसँगै उनीहरूलाई समेत निर्वाचन समितिले विजयी घोषणा गर्नेछ ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले अहिलेसम्म ३३ वटा क्याम्पसको स्ववियु अध्यक्ष र अन्य पदाधिकारीहरूमा निर्विरोध निर्वाचित भएको बताए ।
नेविसंघको तर्फबाट कतिपय क्याम्पसहरूमा सहमति जुट्न नसकेपछि नेविसंघकै तर्फबाट बागी उम्मेदवारी दिएका छन् । त्रिविको केन्द्रीय क्याम्पसमै नेविसंघका सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्