यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु ३२ वटा क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएको छ । फागुन २७ गते तोकिएको मनोनयन दर्ताको अवधिमा ति क्याम्पसहरूमा अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि अनेरास्ववियुका उम्मेदवार निर्विरोध भएका हुन् । यद्यपि क्याम्पसमा रहेका स्ववियु निर्वाचन समितिहरूले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
अनेरास्ववियुले एउटा आंगिक क्याम्पसहित ३२ वटा क्याम्पसहरूमा स्ववियु अध्यक्ष निर्विरोध जितेको हो ।
उपाध्यक्ष नारायण घर्तीका अनुसार कोशी प्रदेशका ४, बागमती प्रदेशका ८, गण्डकी प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णालीका ३ र सुदूरपश्चिमका ७ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएको हो ।
त्रिविको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना निर्विरोध स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम