बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा

बुधबार, २८ फागुन २०८१, १७ : ०९
बुधबार, २८ फागुन २०८१

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नवलपरासी क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई बुधबार सुनवलमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूमा किन असन्तुष्टि छ भनेर पहिला बुझ्नुपर्ने बताए ।

‘असन्तुष्टिले गर्दा मानिसहरूमा आक्रोशको आगो बलेको छ । त्यो आगोमा एकथरी मानिस घिउ थप्न चाहन्छन्’, उनले भने,  ‘त्यो घिउ थप्ने को हो ? भन्ने छाडौँ । असन्तुष्टि किन छ भन्ने बुझियो भने असन्तुष्टिलाई कम गर्न सकिन्छ ।’

महामन्त्री थापाले आक्रोशको आगो निभाउन सकिने पनि बताए । ‘आक्रोशको आगो निभाइयो भने त्यो घिउ बोकेर जो आएको छ त्यो घिउ आफ्नै अनुहारमा दलेर बस्छ वा खान्छ । त्यसैले अहिले कांग्रेसले निर्वाह गर्ने धर्म भनेको उठेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ’, थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप