विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि

काठमाडौँ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
अरनिकोले बुधबार सम्पन्न फाइनलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । विराटनगरस्थित वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।
अरनिकोका लागि सोनु साहले ४४, नुमिर अहमदले ३६ र सौरभ झाले २३ रनको योगदान गरे । ग्रिनल्याण्डका बलर गणेश यादवले तीन तथा सुनिल यादव र गौरीशंकर यादवले दुई–दुई विकेट लिए ।
ग्रिनल्याण्डले भने १८.४ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ र सुनिल यादवले १३ रन बनाए । अरनिकोका बलर रामनारायण यादव र अमर यादवले तीन–तीन विकेट लिए ।
अरनिकोका नुमिर अहमल प्लेयर अफ दि फाइनल घोषित भए । ग्रिनल्याण्डका गणेश यादव प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताप साह घोषित भए भने उत्कृष्ट बलरको पुरस्कार अरनिकाकै अमर यादवले पाए ।
फागुन २६ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ वटा टोलीको सहभागिता रहेको थियो । विजयी टोली र खेलाडीलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई