माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा गएको बताएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा लागेको रोगको उपचार गर्न आफू जनताबिच गएको बताएका हुन् ।
कांग्रेस र एमालेसँग समीकरण गर्दा उनीहरूको रोग अलिअलि हामीमा पनि सर्यो । जनयुद्धमा जस्तो जनताको एजेण्डा छोड्दै जाँदा माओवादी कमजोर भयो । यो रोगबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा भयो’, उनले भने, ‘यो रोग अब कुनै हस्पिटलको डाक्टरसँग उपचार गरेर हुँदैन । अब रोग हटाउने कुनै उपाय छैन । यो रोगबाट मुक्त हुन श्रमजीवी जनतामा गएर मात्र सम्भव छ भन्ने निष्कर्ष निकाल्यो । त्यसपछि फेरि हामी जनतामा गयौँ । अहिले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित अभियान चलाइ राखेका छौँ ।’
अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने । आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने गरेको आरोप उनले लगाए । यस्तै जनताको बलले मिल्किसकेको प्रतिगामी शक्तिले फेरि सडकमा देखिएकाले काठमाडौँबाट चुनौती दिन केही दिनका लागि अभियान स्थगित गरेको प्रचण्डले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह