१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

काठमाडौँ । १० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन् । विभिन्न ५ सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एकदेखि डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
यसरी कालोसूचीमा पर्ने कम्पनीहरूमा गुल्मीको धुर्कोट गाउँपालिकाको सिफारिसमा तारालक्ष्मी निर्माण सेवा र ममता मञ्जु कन्स्ट्रक्सन, संखुवासभा सभापोखरी गाउँपालिका सनम निर्माण सेवा र निर्जरा निर्माण सेवा, डोटीको सिताराम माविको सिफारिसमा नयाँ बानेश्वरको इन्द्रणी बिल्डर्स, सशस्त्र प्रहरी बल महोत्तरीको सिफारिसमा जीएस निर्माण सेवा र कमन कन्स्ट्रक्सन तथा पुरातत्व विभागको सिफारिसमा राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्नसक्ने व्यवस्था सार्वजनिक खरिद ऐन तथा नियमावलीले गरेको छ ।
यसअघि कार्यालयले कम्पनीहरूलाई प्रस्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नपाएपछि ती संस्थाहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन