समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्यको कल्पना गरेको शिक्षा स्वास्थ्य रोजगारीमा ध्यान दिनु पर्ने बताएका छन् । उनले आज बुटवल मेयर खेलराज पाण्डेयसँग भेटघाट गर्दै सो कुरा बताएका हुन् ।
उनले पार्टीको जागरण अभियान झापा देखि रौतहटसम्म विभिन्न राम्रो स्वागत पाएको उल्लेख गर्दै बुटवलमा पनि आफूले राम्रो स्वागत पाएको बताए । उनले बुटवल मेयर पाण्डेयले राखेका तीन वटा समस्या - ज्योति नगरको पहिरो नियन्त्रण, सुकुम्वासी समस्या र सामुदायिक विद्यालयको विद्यार्थीहरू धेरै हुँदा भौतिक अभाव भएको विषयमा आफू गम्भीर रहेको बताए ।
उनले सामुदायिक विद्यालयहरू विद्यार्थी कम भएको अन्यत्र मर्ज गर्ने अवस्था आएको बेलामा बुटवल विद्यार्थीहरू धेरै हुँदा थप भौतिक संरक्षण थप्ने अवस्था खुसीको विषय भएको बताए। उनले त्यसकोले लागि सक्दो पहल गर्ने बताए । उनले सुकुम्वासी समस्या बुटवलको मात्रै नभएको अन्य पनि उल्लेख गर्दे सही ढङ्गबाट समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् ।
प्रचण्डलाई बुटवल उपमहानगर पालिको कार्यालय स्वागत गर्दै मेयर खेलराज पाण्डेले ज्योति नगरको पहिरो कारणले बुटवल धेरै समस्या भएको समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए। प्रचण्डले अब बुटवल मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक