इसेवाबाट 'होली केयर' सार्वजनिक
बुधबार, २८ फागुन २०८१, १५ : ३४

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना 'होली केयर' सार्वजनिक गरेको छ । मात्र १० रुपैयाँमा उपलब्ध यो बीमा योजनाले एक हप्ता सम्मको लागि दुर्घटना बीमा र अस्पताल खर्च सुरक्षा प्रदान गर्दछ।
यस योजनाले होलीमा हुन सक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त तवरले पर्व मनाउन सहयोग गर्ने उद्देश्य राखेको छ । इसेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा ल्याइएको यो बीमा योजनाले डिजिटल प्रविधिको माध्यमबाट सहज रूपमा खरिद गर्न सकिनेछ । यो सेवा इसेवा एप मार्फत लिन सकिनेछ ।
होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन इसेवा सबैलाई सचेत रहन आग्रह गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग