नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियनको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीसँग दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिगमा दुवै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।
खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले गोल गर्ने निकै अवसर पाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलको प्लेयर अफ द म्याच नयाँबस्तीका योगेश धिमाल भएका छन् ।
एन्फाले आयोजना गरेको लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । जसमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेका छन् ।
सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह