आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार

काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से) आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७३६.४८ विन्दुमा पुगेको छ ।
आज बजारमा ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजारमा १४६ कम्पनीको मूल्य बढेको छ । ८८ कम्पनीको मूल्य घटेको छ भने बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा पिपुल्स पाबर कम्पनी, प्रभु इन्स्योरेन्स र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज माइक्रोफाइनान्स र विकास बैंकबाहेक सम्पूर्ण उपसूचक बढेका छन् । अन्य र लगानी समूहमा १ प्रतिशत भन्दा धेरै बढेको देखिन्छ । कारोबार रकमका आधारमा आज पनि माछापुच्छ्रे बैंकको प्रोमोटर शेयरको ८१ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा माछापुच्छ्रे बैंकको प्रोमोटर शेयर अगाडि रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन