बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत

बुधबार, २८ फागुन २०८१, १५ : ०३
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक आजको प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । 

विधेयकमा विरोधको सूचना दिएका प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीका विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री पौडेलले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।

सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१  जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप