संसद् बैठक
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
बुधबार, २८ फागुन २०८१, १५ : ००

काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिपक्षी सांसदहरूले दर्ता गरेका विरोधका सूचना प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएका छन् ।
विधेयकमा प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीले विरोधको सूचना दिएका थिए । ती सूचना बहुमतले अस्वीकृत भएका थिए ।
विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ विधेयक ल्याउने लागेका हुन् ।
विरोधका सूचना राख्दै सांसदहरूले राखेका धारणामाथि अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा