बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
बैंक

सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड

दुई वाणिज्य बैंकसहित १८ संस्था नोक्सानमा
बुधबार, २८ फागुन २०८१, १४ : ४८
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । बैंकिङ क्षेत्रले पछिल्लो एक महिनामा मात्रै ९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले उक्त परिमाणमा नाफा कमाएका हुन् । 

पुस मसान्तसम्म २८ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूको नाफा यो सँगै ३७ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरूले नाफा कमाउँदा विकास बैंकहरूले २ अर्ब ४९ करोड र फाइनान्स कम्पनीहरूले ६ करोड ५६ लाख रुपैयाँ नोक्सान बेहोरेको राष्ट्र बैंकको तथ्यांक छ ।

अघिल्लो महिनासम्म वाणिज्य बैंकको नाफा २७ अर्ब ४३ करोड, विकास बैंकको १ अर्ब ८५ करोड हुँदा वित्त कम्पनीहरू ७ अर्ब ७ करोड रुपैयाँ नोक्सानीमा थिए । 

माघ महिनामात्रको अवस्था हेर्दा वाणिज्य बैंक ८ अर्ब २३ करोड, विकास बैंक ६४ करोड ४४ लाख नाफा र वित्त कम्पनी ५१ लाख रुपैयाँ नोक्सानमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । 

कुन कम्पनीको कस्तो अवस्था ? 

माघ महिनामा २० वाणिज्य बैंकमध्ये १८ वटा बैंक नाफामा हुँदा बाँकी २ बैंक नोक्सानमा छन् । यसमध्ये नेपाल बैंकको नाफा यो महिनामा १ अर्ब ९९ करोड रुपैयाँले बढेको छ । त्यस्तै, ग्लोबल बैंकले ८३ करोड ७० लाख, नबिल बैंकले ७६ करोड ६८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६० करोड ७३ लाख, एभरेष्ट बैंकले ४९ करोड ९० लाख, प्रभु बैंकले ४९ करोड ८५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४७ करोड ५६ लाख, कुमारी बैंकले ४६ करोड २९ लाख तथा लक्ष्मी बैंकले ४२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

त्यस्तै, एनएमबी बैंकको ३४ करोड १३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४९ लाख, एआईसी एशियाको ३१ करोड ३० लाख, प्राइम कमर्सियल बैंकको ३१ करोड २४ लाख, सिटिजन्स बैंकको २४ करोड ८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ करोड ७९ लाख, सानिमा बैंकको १७ करोड ९६ लाख तथा माछापुच्छ्रे बैंकको १६ करोड ८ लाख रुपैयाँ नाफा छ । हिमालयन बैंक ४६ लाख र कृषि विकास बैंक १ करोड ५७ लाख रुपैयाँ नोक्सानमा रहेको देखिएको छ । माघ मसान्तसम्मको अवस्था हेर्दा कुनै पनि वाणिज्य बैंक नोक्सानमा देखिँदैनन् । 

(हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाको नाफाको अवस्था)

Till-Poush

यो अवधिमा १७ विकास बैंकमध्ये ११ वटा बैंक नाफामा हुँदा ६ वटा बैंक नोक्सानमा छन् । यो महिनामा सबैभन्दा धेरै नाफा गरिमा बैंकले कमाएको छ । सो बैंकले १३ करोड ३९ लाख, मुक्तिनाथ बैंकले १२ करोड ६३ लाख, शाइन रेसुङ्गा बैंकले ११ करोड ५७ लाख, कामना सेवा विकास बैंकले ९ करोड २१ लाख, लुम्बिनी विकास बैंकले ८ करोड ३१ लाख, ज्योति विकास बैंकले ५ करोड ५० लाख, महालक्ष्मी विकास बैंकले ४ करोड ४८ लाख, मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ४५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ९० लाख तथा ग्रीन डेभलपमेन्ट बैंकले ५२ लाख नाफा कमाएका छन् ।

यस्तै, सिन्धु विकास बैंक २ लाख, साल्पा विकास बैंक १२ लाख, नारायणी डेभलपमेन्ट बैंक ३३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंक ८६ लाख, कर्णाली डेभलपमेन्ट बैंक २ करोड २२ लाख तथा एक्सेल डेभलपमेन्ट बैंक ९ करोड ८४ लाख नोक्सानमा देखिएका छन् । माघ महिनासम्मको अवस्था हेर्दा साल्पा, सप्तकोशी, नारायणी, एक्सेल र कर्णाली डभेलपमेन्ट बैंक नोक्सानमा देखिएका छन् । 

2

उता फाइनान्स कम्पनीमध्ये माघ महिनामा १७ मध्ये ७ कम्पनीमात्रै नाफामा छन् । बाँकी १० कम्पनी यो महिनामा नोक्सानमा गएका छन् । यो अवधिमा नाफामा रहेका कम्पनीहरूमा गोर्खा फाइनान्स ३ करोड २१ लाख, समृद्धि फाइनान्स १ करोड ९७ लाख, रिलायन्स फाइनान्स ५३ लाख, बेस्ट फाइनान्स ३० लाख, नेपाल सेयर मार्केट फाइनान्स १३ लाख, नेपाल फाइनान्स ११ लाख तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २ लाख रुपैयाँ छ । 

बाँकी कम्पनी नोक्सानमा रहँदा यस्तो नोक्सान मल्टिपल फाइनान्सको १० लाख, प्रोग्रेसिभ फाइनान्सको २४ लाख, सेन्ट्रल फाइनान्सको ४५ लाख, श्री फाइनान्सको ५० लाख, गुडविल फाइनान्सको ६० लाख, मञ्जुश्री फाइनान्सको ८१ लाख, गुह्वेश्वरी फाइनान्सको ९८ लाख, जानकी फाइनान्सको १ करोड २० लाख, आईसीएफसी फाइनान्सको १ करोड ६४ लाख तथा पोखरा फाइनान्सको ४ करोड ८९ लाख नोक्सान देखिएको छ । माघ महिनासम्मको अवस्था हेर्दा भने ८ कम्पनी नोक्सानमा छन् । यसरी नोक्सानमा रहेका कम्पनीहरूमा गोर्खा, बेस्ट, गुह्वेश्वरी, समृद्धि, क्यापिटल मर्चेन्ट, रिलायन्स, जानकी र पोखरा फाइनान्स छन् ।

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप