बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?

बुधबार, २८ फागुन २०८१, १४ : ३५
बुधबार, २८ फागुन २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यनले पुष्पा २ को आइटम गीत किसिककी अभिनेत्री श्रीलिलालाई डेट गरिरहेको अफवाह फैलिएको छ । यसै सन्दर्भमा अभिनेताकी आमाले दिएको अभिव्यक्तिलाई धेरैले डेटिङको अफवाह पुष्टि गरेको मानिरहेका छन् । 

कार्तिककी आमा माला तिवारी छोराको साथमा आइफा अवार्ड २०२५ मा गएकी थिइन् । यतिबेला आइफाको एउटा भिडियो भाइरल भइरहेको छ । 

भिडियो क्लिपमा मालालाई आफ्नी हुने बुहारीबाट के अपेक्षा छ भनेर सोधिएको थियो । यसको जवाफ दिँदै उनले ठट्यौलीको पारामा कार्तिककी श्रीमतीको रूपमा परिवार एक निकै राम्रो डाक्टर चाहन्छ भनेर भनेकी थिइन् । 

अभिनेताकी आमाले आफ्नो छोराको श्रीलीलासँगको डेटिङको हल्लाको बारेमा कुनै ठुलो संकेत दिइरहेकी हो कि भनेर फ्यानहरू सोच्न बाध्य भएका छन् । श्रीलीला मेडिकलकी विद्यार्थी हुन् । २०२१ मा उनले एमबीबीएस पूरा गरेकी थिइन् । 

कार्तिककी आमाले श्रीलीला र अभिनेता बिचको सम्बन्धको संकेत गरिरहेको छ होइन भनेर फ्यानहरू सोचिरहेका छन् । केही समयअघि, कार्तिकका बहिनीको लागि राखिएको पार्टीमा श्रीलीलाले रमाइलो गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

क्लिपमा, श्रीलीला हाउस पार्टीमा अरू पाहुनाको साथमा नाचिरहेको देखिएकी थिइन् । श्रीलिलाको छेउमा बसेर कार्तिक आर्यन उनको भिडियो खिचिरहेका थिए । कामको कुरा गर्दा कार्तिक आर्यन हालै भूल भुलैया ३ मा देखिएका थिए । श्रीलीलाले पुष्पा २ः द रुलको आइटम गीत किसिकबाट राष्ट्रव्यापी चर्चा पाएकी थिइन् । यो जोडी छिटै अनुराग बसुको फिल्ममा सँगै देखिँदै छन् । फिल्म २०२५ को दिवालीमा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप