बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशन : देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुँदै

बुधबार, २८ फागुन २०८१, १४ : २९
बुधबार, २८ फागुन २०८१

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्बन र सुशासनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

परिषद्ले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए । 

अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उहाँले बताउनु भयो । साथै अधिवेशन मार्फत देशको शिक्षा, आर्थिक , समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्ले जनाएको छ ।

त्यसै गरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि दशौँ राष्ट्रिय अधिवेशन केन्द्रीत रहने महासचिव पंगेनीले बताए। 

त्यसै गरी देशभरबाट आउने १ हजार प्रतिनिधिहरूलाई सहजतापूर्ण  रूपमा कार्यक्रममा सहभागी हुनका भरतपुर स्थित चितवन उद्योग संघमा सम्पूर्ण व्यवस्थापनहरू भइरहेको, अधिवेशन स्थलको रङरोगन, तोरण, झण्डा लगाउने देखिलिएर प्रचार प्रसार, मञ्च व्यवस्थापन लगायतका कार्यहरू द्रुतगतिमा भइरहेको, प्रतिनिधिहरूका लागि खान बस्न लगायतका सम्पूर्ण चिजहरूको पनि सम्पूर्ण बन्दोबस्त भइसकेको साथै उक्त व्यवस्थापनका लागि आर्थिक रूपमा स्थानीय सरकार, समाजसेवी, व्यवसायी शुभचिन्तक र भरतपुरका नागरिकले सहयोग गरिरहेको लगायतका विषयहरूको बारेमा अधिवेशन व्यवस्थापन प्रमुख राजु सापकोटाले जानकारी दिए ।

त्यसै गरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप