बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

नेपालमा थ्रिजी बन्द गर्ने एनसेलको घोषणा

बुधबार, २८ फागुन २०८१, १४ : २०
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका हुन् । 

उनले दक्षिण एसियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए । नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले भने– ‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकूलनको लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौ । हामी २०२५ मा ३ जी बन्द गर्दैछौँ र टु जी २०२७ मा बन्द हुन सक्छ,  ।’

उहाँले अहिले पनि ३.३ मिलियन टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ती सेटहरू बाधक रहेको बताउनु भयो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप