बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश

बुधबार, २८ फागुन २०८१, १३ : ३९
बुधबार, २८ फागुन २०८१

ढाका । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो । 

उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी बैंक खातामा कम्तीमा ६ अर्ब बंगलादेशी टाका जति भएको बताइएको छ । भ्रष्टाचार निवारण आयोग (एसीसी)को याचिकामा यो आदेश दिइएको हो ।

यसबाहेक, शेख हसिनाको उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकीको सम्पत्ति पनि जफत गरिएको छ । फेब्रुअरी ६ मा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरूमा हसिनाले निरन्तर दिइरहेका झूटा र बनावटी अभिव्यक्तिबारे भारत सरकारसँग कडा विरोध जनाएको थियो । 

बंगलादेश सरकारले हसिनाको अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पुर्‍याएको र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएको छ । ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई पठाइएको विरोध पत्रमा बंगलादेशले भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर हसिनालाई यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट रोक्न उचित कारबाही गर्न पनि अनुरोध गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप