महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी
बुधबार, २८ फागुन २०८१, १३ : २४

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको छ ।
नेविसंघले आधिकारिक सङ्गठनको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो । विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।
नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।
आगलागीका कारण कागजपत्र आगजनी भएको छ। यद्यपि उक्त ताला केही समयपछि प्रहरीले फोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?