बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

बुधबार, २८ फागुन २०८१, १३ : ०६
बुधबार, २८ फागुन २०८१

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनैै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् । कोशी प्रदेश प्रहरीद्वारा आज  यहाँ आयोजित  ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले  तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने बताए । 

मुख्यमन्त्री कार्कीले भने, ‘तीनै तहका सहकार  मिलेर सचेतनाका  अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप