बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

बुधबार, २८ फागुन २०८१, १३ : ००
बुधबार, २८ फागुन २०८१

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको  जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो । 

योजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसिसीसहितको ‘ग्यावियन वाल’ ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण भइरहेको छ । संरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ । 

कालीगण्डकी नदी कटान र बर्सेनि वृद्धि हुने नदी उकासका कारण मुस्ताङको छुसाङबाट थासाङ गाउँपालिकाको लेतेसम्मको तटीय क्षेत्रका १३ गाउँ नदी कटानको जोखिममा छन् । ती स्थानको संरक्षणमा सङ्घीय तथा प्रदेश सरकारले विभिन्न चरणमा नदी नियन्त्रणको प्रयास जारी राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप