बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

५ जना मृत अवस्थामा फेला

बुधबार, २८ फागुन २०८१, १२ : ५४
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

  • काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • दैलेख, नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ सिस्ने टोलमा फर्निचर संचालन गर्दै आएका सोही नगरपालिका-५ खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रवि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
  • गुल्मी, मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
  • धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप