बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

'आउटलः दफा २१९’लाई पीजी सर्टिफिकेट, देशभर बुकिङ खुल्यो

बुधबार, २८ फागुन २०८१, १२ : ४४
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । भोलि (बिहीबार)बाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।

यसैबिच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतीक्षित रूपमा रहेको यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा फिल्मको उच्च चाप छ । यसैले, यो फिल्मले पाएको शोजलाई सुखद मान्नुपर्छ ।

एक्सन जनरामा निर्माण भएको यो फिल्मले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । फिल्ममा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।

फिल्ममा नायक सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको जापान र कतारबाट पनि निकै राम्रो प्रतिक्रिया आएको छ । निर्माणपक्षले फिल्म सेन्सरका लागि फाइल जापान र कतार पठाएको छ । त्यहाँबाट पनि निकै राम्रो प्रतिक्रिया आएको निर्माणपक्षले बताएको छ । नेपालका दर्शकले पनि फिल्म मन पराउने विश्वास निर्माणपक्षको छ ।

यो फिल्मलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । भोलि फागूपूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा फिल्म हेर्न पाउनेछन् ।

फिल्मको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण पनि यसले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप