बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

टिपर अनलोड गर्दा काठमाडौँमा करेन्ट लागेर सहचालकको मृत्यु

बुधबार, २८ फागुन २०८१, १२ : ४४
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । काठमाडौँमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति  मृत्यु भएको हो । 

सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप