‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट मित्र एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग एउटा सुन्दर रातो रंगको कार किनेका छन् । ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए ।
मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४–५ वटा गाडी पार्क गरिएका थिए । यिनीहरूमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो लागि रातो कार रोजेका छन् ।
आफ्नो प्रशासनमा सरकारी दक्षता विभाग (डज)का प्रमुख मस्कको ट्रम्पले प्रशंसा पनि गरे । मस्कलाई उनले एक असल व्यक्ति र देशभक्त भने । ‘जब मस्क र उनको कम्पनीलाई लक्षित गरेको देखेँ, मैले टेस्ला कार किन्ने निर्णय गरेँ । यो सार्वजनिक खरिद थियो र उनी ( मस्क)ले राम्रो काम गरिरहेका छन्’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने ।
८० हजार डलरमा आफूले मोडल एक्स कार किनेको ट्रम्पले पूष्टि गरेका छन् । अर्थात् यो खरिदारीमा मस्कसँग ट्रम्पले छूट नमागेको बताइएको छ । आफूले मागेको भए मस्कले छूट दिन्थे तर यसो हुँदा ‘ओ हो ! फाइदै फाइदा’ भन्थे भनेर पनि उनले बताए ।
टेस्लाको शेयर मूल्यमा तीव्र कमी आइरहेको समयमा ट्रम्पले टेस्लाको कार किनेका हुन् । राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई मस्कले गरेको खुला समर्थन गरेका थिए । दोहोर्याएर ह्वाइट हाउस छिरेपछि ट्रम्पले मस्कलाई डजको प्रमुखको रूपमा मस्कले संघीय सरकारी खर्चमा ठूलो कटौती गरे भने ठूलो संख्यामा मानिसहरूलाई जागिरबाट निकालिरहेका छन् । यस्तोमा मस्कको तीव्र आलोचना भइरहेको छ ।
‘टेस्लाका कार र शोरूमलाई निशाना बनाइएको छ’
‘मलाई लाग्छ मस्कमाथि केही मानिसहरूले अन्याय गरिरहेका छन् । म चाहन्छु मानिसहरूले बुझुन् कि मस्कलाई देशभक्त भएको कारणले सजाय दिन सकिँदैन ।’ ट्रम्पले भने । हिंसात्मक विरोध प्रदर्शनलाई घरेलु आतंकवाद मानिने पनि उनले बताए । हालैका दिनहरूमा टेस्ला कयौँ कारहरू सार्वजनिक रूपमा सडकमा तोडफोड गरिएको अनि टेस्लाका शोरूमहरू र चार्जिङ स्टेशनहरूलाई पनि निशाना बनाइएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी