एयरटेलपछि अम्बानीको जियो र मस्कको स्पेशएक्सबिच भयो सम्झौता
बुधबार, २८ फागुन २०८१, १२ : १५

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स जियो र अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेशएक्सबिच सम्झौता भएको छ ।
भारतमा स्टारलिंक हाई–स्पीड स्याटेलाइट इन्टरनेट भित्र्याउन यो सम्झौता भएको हो । स्पेशएक्सले एयरटेलसँग यस्तै खालको सम्झौता गरेको भोलिपल्ट यो सम्झौता भएको हो ।
स्पेसएक्सले भारतमा स्टालिन्क सेवाहरू प्रदान गर्न केन्द्र सरकारबाट स्वीकृति पाएपछि मात्रै सम्झौता कार्यान्वयन हुनेछ । भारतमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक ब्रॉडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न स्पेसएक्ससँग सम्झौताको घोषणा गरेको जियोले एक प्रेस विज्ञप्तिमा भनेको छ ।
दूर दराज वा ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउन यो उत्तम विकल्प हुनेछ । गएको वर्ष अम्बानी र मस्कबिच भारतको स्याटलाइट ब्रोडब्यान्ड मार्केटका लागि प्रतिस्पर्धा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने